नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपति वाइडेनको सम्मान

अमेरिकामा नेपाली मूलका व्यवसायी राज भण्डारी  प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुभएको छ। कास्की पोखरा भएका राजको साइनसीक्स नामको व्यवसायलाई अमेरिकामा सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।

अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको हो । ग्लोबल मार्केटिङका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि अर्वाडका लागि सिफारिस गर्नु भएको हो

नर्थ क्यारोलाइनमा मुख्यालय  मिनेसोटामा उत्पादन कारखाना रहेको कम्पनीका सञ्चालक राज भण्डारी  र अपरेशन म्यानेजर रञ्जन कार्की हुनुहुन्छ 

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति जो बाइडेन  उपराष्ट्रपति कमला ह्यारिसले साइनसीक्स टोलीलाई भेटेर बधाई समेत दिनु भएको थियो 

विश्वभर ग्राहकहरूको बढ्दो सूचीको साथ साइनसीक्सले एसबीएका ट्रेड उपकरणहरूलाई तिनीहरूको राजस्व बढाउन र विविधीकरण गर्न तथा अन्तरार्ष्ट्रिय व्यापारका अन्य धेरै फाइदा प्राप्त गर्दे काम गरेको एसबीएकी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताउनु भयो

उहाँले यो वर्ष राष्ट्रिय साना व्यवसाय सप्ताह मनाउँदै गर्दा साइनसीक्सका मालिक राज टोलीका नेता रञ्जन  लिसालाई बधाई दिन पाउँदा खुशि भएको बताउनु भयो

सन् १९८५ मा यसको स्थापना भएदेखि कम्पनीले हाइ पर्फमेन्स लिक्वीड क्रोमेटोग्राफी  मास स्पेक्ट्रोमेट्री भागहरू निर्माण गरेको , भने जसको प्रयोग औषधि परीक्षणप्रदूषण विश्लेषणकीटनाशक पत्ता लगाउने लगायतमा समावेश गरिएको कम्पनीले जनाएको