Day: बैशाख,२०८०
नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपति वाइडेनको सम्मान
अमेरिकामा नेपाली मूलका व्यवसायी राज भण्डारी प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुभएको छ। कास्की पोखरा भएका राजको साइनसीक्स नामको व्यवसायलाई अमेरिकामा सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो । अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको हो । ग्लोबल मार्केटिङका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि अर्वाडका लागि सिफारिस गर्नु भएको हो। नर्थ क्यारोलाइनमा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको कम्पनीका सञ्चालक राज भण्डारी र अपरेशन म्यानेजर रञ्जन कार्की…
रातो मत्स्येन्द्रनाथको रथजात्राः आज नरिवल खसाल्ने जात्रा
ललितपुर – ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा आज आइतबार मनाइँदैछ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्तर्गत नरिवल खसाल्ने जात्रा लगनखेलको थतिटोलमा विराजमान मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालेर मनाइने गरिन्छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथलाई लगनखेलको थतिहोलमा हिजो पु-याएपछि आजका लागि…
