भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं –  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ९ रुपैयाँ ५२ पैसा प्रतिलिटर, डिजल ८ रुपैयाँ १३ पैसा प्रतिलिटर घटेको आयल निगमले जनाएको छ । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ । 
हाल नेपालमा डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।