काठमाडौं – नेवाः सुपर स्टार भव्य रुपमा सम्पन्न भएको छ। हिजो मंगलबार वरिष्ठ हांस्य कलाकार मदन कृष्णको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मनोनयनमा परेका दशै जना कलाकारलाई नेवाः सुपर स्टारको उपाधि प्रदान गरेको हो।
नेवाः सुपर स्टारमा ५ जना पुरुष कलाकार र ५ जना महिला कलाकारहरू मनोनयनमा परेकोमा यसभन्दा अघि पुरूषतर्फ एकजनालाई एकलाख रूपैयाँ र महिलातर्फ एकजनालाई १ लाख रूपैयाँ सहित नेवाः सुपर स्टारको उपाधि दिने भनिएतामा पनि अन्तिममा सबैजनालाई जनही २० हजार रूपैयाँको दरमा नगद राशीसहित उपाधि दिइएको हो।
२०७७ सालमा नै नेवाः सुपर स्टारको मनोनयन गरिएको थियो। जस अन्तर्गत महिलातर्फ हिसिला महर्जन,भिन्तुना जोशी ,रोजिना सुवाल ,अन्नपुर्णेश्वरी श्रेठ र रजनी खडगी चयन हुनु भएको थियो भने पुरुषतर्फ रुपेन्द्र श्रेष्ठ, भोगेन्द्र मानन्धर, राजु महर्जन ,सुरज ब्यञ्जनकार र आर्यन नकर्मी मनोनयनमा पर्नु भएको थियो।
ग्लोबल नेपाः नेटवर्कको अध्यक्ष सुनिलकुमार शाक्यको परिकल्पनाअनुसार नेवाः सुपर स्टारको कार्यक्रम भएको थियो। कार्यक्रममा सहभागी सबै प्रतिस्पर्धीहरूले आआफ्नो प्रस्तुति आकर्षक ढंगमा राखेका थिए।
कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले यस्ता कार्यक्रमबाट कलाकारको हौसला बढ्ने भन्दै यस्तो कार्यक्रमहरू आयोजना गर्नको लागि जोड दिनु भयो।
वरिष्ठ साहित्यकारएवमं निर्देशक प्रकाश सायमिको उपस्थिति रहेको कार्यक्रममा सुपर स्टारको घोषणा संयोजक सुरेद्र तुलाधरले गर्नु भएको थियो।
