रास्वपा सांसद विन्दबासिनी कंसाकारले लिइन् सभामुखबाट शपथ

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिनु भएको छ।

सभामुख देवराज घिमिरेले उहाँलाई शपथ गराउनु भएको हो ।

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा पर्नु भएको थियो । त्यसपछि रास्वपाले उहाँलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनाएको हो ।

रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिनु भएको थियो । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।