केबिएस लुभु प्रोडक्सन हाउसको प्रस्तुतिको रुपमा तयार भएको दुई गीतको म्यूजिक भिडियोको शनिबार लोकार्पण भएको छ । प्रख्यात कलाकार नगिना जोशी प्रमुख अतिथिको रुपमा रहनुभएको उक्त लोकार्पण कार्यक्रममा गायिका कल्पना श्रेष्ठको खस नेपाली भाषाको गीत ‘तिम्रो मेरो सम्बन्ध’ बोलको एउटा र परम थसिमि तथा दिपा महर्जनको युगल गीत ‘मनकामना केबल कार’को म्यूजिक भिडियोको लोकार्पण गरिएको हो ।

केबिएस लुभु प्रोडक्सन हाउसका प्रबन्धक केबिएस लुभुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालभाषाका प्रथम सिने पत्रकार विजयरत्न असंबरेले दुई गीतको समीक्षा गर्नुभएको छ । त्यसै गरी कार्यक्रममा अतिथिको रूपमा पाल्नुभएका भिन्तुना जोशीले पनि आफ्नो मन्तब्य राख्नुभएको छ ।
लोकार्पण भएको दुई म्यूजिक भिडियो मध्ये ‘मनकामना केबुलकार’ गीतका गीतकार, संगीतकार पनि परम थसिमि नै रहेको छ । वहाँको यूट्यूब च्यानलमा यस भिडियो अपलोड भएको छ । यस दुबै भिडियोका निर्देशक बाल मुकुन्द प्रजापति तथा क्यामेरा र एडिटिङ्ग शैलेश श्रेष्ठ लुभुको हो भने नृत्य निर्देशक किरण जोशी हुनुहुन्छ ।

नेपाल भाषा को गीतमा किरण जोशी र श्रीजा अवालेका साथै जय रक सुशील, मुकेश वैद्य, अनिता महर्जन मालि, सुदेस्ना महर्जन, याङजी तामाङ्ग, प्रितिजा धमला, रोहणी श्रेष्ठ र श्रेया प्रधानको समेत अभिनय रहेको छ । यस दुईवटै भिडियोको निर्माण परिकल्पना र निर्माण व्यवस्थापन केबिएस लुभुले गर्नुभएको छ । कल्पना श्रेष्ठले गाउनुभएको ‘तिम्रो मेरो सम्बन्ध’को म्यूजिक भिडियोमा किरण जोशी र अनिता महर्जन मालिको साथै बाल कलाकार सुबिन श्रेष्ठ र अन्य कलाकारहरुमा सुशील महर्जन, रिया थकुरी तथा रफिना बादेको अभिनय रहेको छ । यस गीतको संगीतकार जुगल डंगोल हो भने यस गीत निर्भान मिडिया यूट्यूबमा अपलोड गरिएको छ ।

