काठमाण्डौ — गएको सोमबारदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने ५० रुपैयाँले घटेको छ । आज चाँदी भने तोलामा ५० रुपैयाँले घटेर तोलाको ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी २ सय ५० रुपैया बढेर ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । यो हप्ता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सात महिनाकै न्यून स्तर नजिक ओर्लियो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने अपेक्षा बलियो बन्दै जाँदा सुनको मूल्य घटेको हो ।
बजार विश्लेषकहरूका अनुसार आगामी सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना बढेकाले सुनमाथि दबाब परेको हो ।
