समाजसेवी चक्रमान डंगोलको नवौं पुण्यतिथिको अवसरमा राष्ट्रिय आधारभूत विद्यालयमा १३५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको छ । श्री चक्रमान स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम कामनपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो।
प्रतिष्ठानका अध्यक्ष न्हुछे महर्जनको सभापतित्वमा भएको कार्यक्रममा कामनपा १२ वडाका सदस्य पुष्परत्न प्रजापति, नानिहेरा डंगोल, स्थानीय समाजसेवी अमिरमान डंगोल, विद्यालयकी प्रधानाध्यापक नमिता राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलकृष्ण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
सचिव चमितमान डंगोलले संचालन गर्नुभएको कार्यक्रममा प्रमुख आतिथि १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनले चक्रमान डंगोलको कार्यबाट प्रेरित भएर नै आफू पनि राजनीतिक क्षेत्रमा होमिएर आज आफु यस स्थानमा भएको स्मरण गर्नु भयो साथै अब प्रतिष्ठानको भाबी योजनामा वडाबाट समेत सहयोग गर्ने बताउनु भयो ।
