सुनिता डंगोलको पत्र साइबर ब्यूरो लाई

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई आग्रह गरेकी छिन्।

यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामग्री प्रकाशन भइरहेको भन्दै डंगोलको सचिवालयले ब्यूरोलाई पुन: पत्र लेखेको हो ।

तर अहिले पनि यस्ता भिडियो, फोटो तथा समाचार विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको त्यस्ता गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पत्र लेखेकी छन् । उपप्रमुख डंगोलले पनि अनधिकृत पेजहरूमार्फत महिलाको चरित्रहत्या, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि भइरहेकाले निगरानी गरी बन्द गराउन आग्रह गरिएको बताइन् ।