भारतलाई हराउँदै नेपाल फाईनलमा,रेफ्रीले गोलको निर्णय फेर्दा खेल बिबादमा सक्यो

काठमाडाैं । नेपाल महिला साफ फुटबलकाे फाईनल प्रवेश गरेकाे छ । आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेकाे हाे । नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गर्यो ।

खेलको ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । लगत्तै भारतीय खेलाडी सेलिब्रेसनमै रहदाँ रेफ्रीको अनुमतीमा नेपालले बल सञ्चालन गरेर गोल गरेको थियो । सावित्राको बलमा प्रिति राईले गोल गरेकी थिईन् । तर रेफ्रीले सो गोललाई मान्यता दिईनन् । त्यसपछि नेपाली खेलाडीले मैदान छाडेका थिए ।

रेफ्रीले गोलको मान्यता नदिएको भन्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरूद्व खेल्न अस्वीकार गरेको छ।

खेलको ७१ मिनेटमा भारतले सुरूआती अग्रता लिएको थियोे। उक्त गोलको उत्सव मनाइरहँदा नेपाली खेलाडीले बल चलाएका थिए। तर, रेफ्रीले उक्त कुरालाई मान्यता दिएका थिए। तर, प्रीति राईले खाली पोस्टमा गोल पनि गरेका थिए। उक्त गोललाई रेफ्री ओम छेकीले मान्यता दिएपनि भारतीय अफिसियलले विरोध गरेपछि गोलले मान्यता पाएन। पुन: बल चलाउन छेकीले निर्देशन दिएपछि नेपाली खेलाडीले मैदान छाडेका हुन्।

लामो समय खेल रोकिएपछि अन्तिममा नेपाली खेलाडी खेल्न तयार भएपछि दोस्रो हाफ सुचारु भएको थियो । जसमा नेपालले दोस्रो हाफमा पुरा आत्मविश्वासका साथ खेलेको थियो । जसमा सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिईन् ।

नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको जित सहज बनेको हो ।

रेफ्रीको गलत निर्णयका कारण खेलको दोस्रो हाफ पूर्णत तनावग्रस्त बन्यो । करिब एक घण्टा रोकिएको खेलमा अन्तत नेपालले जित हासिल गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले नायकत्व प्रर्दशन गरिन् । उनले नेपालका लागि बराबरी गोल गर्नुका साथै १० खेलाडीमा सिमित टिमको तर्फबाट विपक्षीलाई पुरा दबाबमा राखिन् । अर्की फरवार्ड रेखा पौडेल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।