हेटौंडामा क्षतिपूर्ति माँग गर्दै पुनः प्रदर्शन

विद्या श्रेष्ठ महर्जन सहितका ब्यक्तिहरु सहभागी भई घर भत्काइएका घरधनीहरुलाई क्षतिपूर्ति दिनु पर्दछ भन्ने माँग गरी हेटौंडामा पुनः प्रदर्शन भएको छ । क्षतिपूर्ति नदिई घर भत्काउने कार्य मानव अधिकार विरोधी भएकाले सरकार विरद्ध मुद्दा दिई क्षतिपूर्तिको समेत माँग गरिएको भनी वहाँहरुले भन्नुभएका छन् ।

प्रदर्शनमा बोल्नुभएका पीडितहरुले अब आफूहरुले थप घर भत्काउन नदिइने तथा फेरि डोजर चलाइयो भने त्यसको प्रतिकार गरिने भनी भनाई राख्नुभएका छन् । सरकारले डोजर चलाएर घरमा क्षति पुर्याइए पनि पूर्ण रुपमा घर भत्काउने कार्य नभए सम्म क्षतिपूर्तिको माँग गर्न पाइने भनी प्रदर्शनकारीहरुले क्षति भएका घर पूर्ण रुपमा नभत्काउन भनी अनुरोध गरेका छन् । डोजर चलाएर क्षति भएका धेरै घरहरु सम्बन्धित पीडितहरुले नै भत्काएर सफा गरिसकेका छन् ।

आन्दोलनकारीहरुले डोजरले क्षति भएका घरहरु जस्तो छ, त्यसै गरी राखिराख्न अनुरोध गर्दै घर पूर्ण रुपमा नभत्काए सम्म अझै आश बाँकी रहन्छ भनी अनुरोध गरिएको छ । हेटौंडामा घर भत्काइएको विषय अब आगामी चुनावको मूल मुद्दाका रुपमा अगाडि आउन सक्ने कुरा बताउनु भएका छन् । चुनावमा उठ्ने उम्मेदबारहरुले हेटौंडामा घर भत्काइएका कार्यको विरोध गरिए मात्र भोट दिने भन्दै आइरहेका छन् ।