काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनु भयो।
नगरपालिकाले सार्वजनिक विदा दिएसँगै बिहीबार चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन्।
मातातीर्थ औंसी (आमाको मुख हेर्ने औंसी) का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्छ। मातातीर्थ औंसीका दिनमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने कार्यक्रम छ।
