राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

काठमाडौं – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न डाक्टरका अनुसार अवस्था सुधारउन्मुख छ ।

राष्ट्रपति पौडेलको बुधबारदेखि नयाँ दिल्लीको एम्स अस्पतालमा उपचार भैरहेको छ ।

छाती र पेटमा समस्या देखिएपछि उहाँलाई एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उहाँको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको राष्ट्रपतीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि गएको चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । चैत २२ गते डिस्चार्ज हुनुभएका राष्ट्रपती पौडेललाई सोमबार पुनः शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि भारत लगिएको हो ।

भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।