उपचुनावका कारण त्रिविको परीक्षा सर्यो

काठमाडौं –  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पर्सि १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन ठाउँमा सङ्घीय संसद्को उपचुनाव हुने भएकाले १० गतेको परीक्षा परीक्षा वैशाख १६ गतेलाई सारिएको कार्यालयले जनाएको छ ।

अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

पर्सि १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपचुनाव हुँदैछ ।