पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

काठमाडौं –   पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । राईलाई ठगी मुद्दामा टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

राई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई सल्लाहकार रहेका थिए ।