काठमाडौँ —आरोहीहरूका लागि खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेली एभरेस्टको ९ एन एएनबी हेलिकोप्टरले अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा पछाडिको भाग ठोकिएर क्षति भएको छ ।
पाइलट प्रिया अधिकारी मात्रै सवार रहेको उक्त हेलिकोप्टर बिहान ११ बजेर ५ मिनेटमा अवतरणरका क्रममा सन्तुलन नमिल्दा हेलिकोप्टरको पछाडिको भागमा सामान्य क्षति पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताउनु भयो ।
म्याग्दीको इटालियन क्याम्पबाट आधारशिवरका लागि उडेको हेलिकोप्टर दुर्घटना भएको खबरपछि पोखराबाट एयर डाइनास्टीको हेलिकोप्टर उद्धारका लागि पठाइएको र क्याप्टेन अधिकारीलाई डाइनास्टीको हेलिकोप्टरमा उद्धार गरेर फर्काइएको नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।
हेली एभरेष्टसँग हाल ३ वटा हेलिकोप्टर रहेका छन् ।
