बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी रुक्शाना कपाली पनि पर्नुभएको छ।
सन् २०२३ को बिबिसीको १०० जना प्रभावशाली महिलाको सूचीमा आवास अभियन्ताको रूपमा रूक्शाना कपाली पर्नुभएको हो। आफ्नो परम्परागत घरबाट जबरजस्ती निकालिएको भन्दै त्यसविरूद्ध उहाँले वकालत गर्दै आउनुभएको छ।
कपाली कानुनको विद्यार्थी हुनुहन्छ भने उहाँले लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारको लागि काम गर्दै आउनु भएको छ।
