नयाँ नेतृत्व चयन गर्दै नेवाः गुठी न्युयोर्कको नवौँ महाधिवेशन सम्पन्न भएको छ। महाअधिवेशनबाट वर्तमान अध्यक्ष विजयमान सिंह १०६ मतसहित पुन अध्यक्षमा निर्वाचित हुनु भएको छ। उहाँका प्रतिस्पर्धी सिर्जना तुलाधरले ६२ मत ल्याउनु भएको थियो।
अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी परेको थियो भने कार्य समितिका अरु पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए।
अन्जन श्रेष्ठको नेतृत्वमा राजेन्द्र महर्जन र रोसन महर्जन सदस्य रहेको निर्वाचन समितिले चुनाव सम्पन्न गरेको हो।
निर्वाचन भन्दा अघि भएको महाअधिवेशनको उद्घाटन सत्रमा गुठीका संस्थापक बीके नेवाले नेवाः गुठीको महत्व व उद्देश्यकोबारेमा चर्चा गर्नु भएको थियो। समारोहमा संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्वअध्यक्ष समिर महर्जनले नेवा गुठीबारे प्रकाश पार्दै सबै मिलेर गुठीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको थियो ।
सजना महर्जनको स्वागत भाषणबाट शुरूभएको कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हृदय तुलाधरले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेवाः नखःका अध्यक्ष महेन्द्र बज्राचार्यले गुठीको नवौँ महाधिवेशनको अवसरमा शुभकामना दिनु भएको थियो। गुठीका अध्यक्ष विजयमान सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामकृष्ण महर्जनले गर्नुभएको थियो भने कार्यक्रममा उडसाइड रेस्टुरेन्टमा भएको थियो।
यसै विच, नेवाः गुठी र नेवाः नखः दुबै संस्था मिलेर नेपाल संवत् ११४४ को उपलक्ष्यमा सोही दिन विहान भिन्तुना र्याली तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको थियो।








