काठमाण्डाै – सामुदायिक रेडियो तथा वातावरण पत्रकारिताका अगुवा अष्टमान किसी महर्जनको निधन भएको छ । उहाँको ६० वर्षको उमेरमा आज विहान निधन भएको हो । उहाँलाई मिर्गौला र कलेजोसम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।
२०५२ सालमा युवा जागरण पर्यावरण मञ्च स्थापना गरी वातावरण पत्रकारिता सुरु गर्नुभएका महर्जनले २०५७ सालबाट रेडियोमा पर्यावरण चक्र कार्यक्रम सुरुवात गर्नुभएको थियो । उहाँ पर्यावरणीय चक्र मासिक”, “पर्यावरणीय चक्र एफ एम रेडियाे” र “पर्यावरणीय चक्र टेलिभिजन” का अध्यक्ष हुनुहुन्थ्यो।
यसबाहेक उहाँले प्रदूषण नियन्त्रणका लागि काठमाडौँबाट विक्रम टेम्पुलाई विस्थापित गर्ने, गोदावरी क्षेत्रको जैविक विविधताको संरक्षणका क्षेत्रमा स्थानीय स्तरमा धेरै कार्यक्रम सञ्चालन पनि गर्नुभएको थियो ।
