गुड्दागुड्दैको बस बानेश्वरमा भासियो

काठमाडौँ – नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो । इन्द्रेणी फुडल्याण्ड नजिकै गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको थियो। 

यो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।