न्यूरोडमा किनमेल गर्न जानेलाई धरहरा क्षेत्रमा निःशुल्क पार्किङ

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले न्यूरोडमा किनमेल गर्न जानेहरुलाई धरहरा क्षेत्रमा निःशुुल्क पार्किङको व्यवस्था मिलाएको छ । एक हप्ता अघिदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको

महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो । महानगरले यसअघि नै पुरानो बसपार्क क्षेत्रमा पनि पार्किङ सुविधा उपलब्ध गराएको छ । हिजोदेखि धरहरामा पार्किङ हुन थालेसँगै चहलपहल पनि बढेको छ ।