ललितपुर – उद्योगपति तथा समाजसेवी मोतीलाल शिल्पकारको ८९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम तथा निमोनिया रोगबाट ग्रसित शिल्पकारको सोमबार ललितपुरको नखुमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो।
उहाँ गएको मंगलबारदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।
नेपालभाषा मंकाः खलः यलको मानार्थ सदस्य, मोती पत्रकारीता पुरस्कारका दाता शिल्पकारले परियती शिक्षा , बौद्ध धर्म प्रचार प्रसारको लागि धेरै नै आर्थिक सहयोग गर्नु भएको थियो। बाद्य गुरु एवमं बहु आयामिक उहाँ उड कार्भिङ्ग इन्डस्ट्रीजका प्रवन्ध निर्देशक हुनुहुन्थ्यो।
उहाँको अन्तिम संस्कार भोली मंगलबार शंखमूलमा गरिने परिवारले जनाकारी दिएको छ।
