ललितपुर -चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट एक महिला सम्पर्कविहिन भएकी छिन् । परिवारका सदस्यहरूका अनुसार फागुन २ गते बुधबार बिहान थानकोट पागंलबकी स्थानीय गोमा महर्जन आफ्नै घरबाट सम्पर्कविहिन हुनुभएको हो ।
५१ वर्षीया महर्जन बुधबार बिहान करिब ३ बजे घरमा कसैलाई जानकारी नदिइ बाहिर निस्किएको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।
सम्पर्कविहिन भएकी महर्जन कतै फेला परेमा परिवारका सदस्यहरूको सम्पर्क नं. 9803184620, 9818848279 वा 9867065842 मा खबर गर्नका लागि सबैमा अनुरोध छ ।

