काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ गठबन्धनबारे जानकारी दिँदै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी गराउनुभएको हो ।
उहाँले केही मन्त्रीहरुको नियुक्ति हुने भएकाले सपथ गराइदिन आग्रह गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ । बेलुकासम्म मन्त्रीहरुको नाम पठाउने प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।
उहाँले अहिले कांग्रेसको तर्फबाट बनेका सबै मन्त्रीहरुलाई हटाएको पनि जानकारी गराउनुभएको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई आजै मन्त्री बनाउने तयारी छ । राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि तयारी अवस्थमा रहेको जनाएको छ ।
