नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः’ सार्वजनिक

‘चिपगु नीलः’ नेपालभाषा कथा साहित्यिक क्षेत्रमा प्रख्यात केशरमान ताम्राकारले लेख्नुभएको ‘चिपगु नीलः’ कथामा निर्माण भएको शर्ट फिल्म आज ने.सं. ११४४ तछलाथ्वः द्वितीया, शनिबार (जेठ २६ गते) कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर भएको छ । युवा निर्देशक योवन शाक्यको यस फिल्ममा सालुगु गाचा’ र ‘अय्‌लाः लू वया’ अनि भर्खरै जस्तो ‘माया मदु ला’ जस्तो निकै प्रख्यात म्यूजिक भिडियोका रील जोडी मनोज महर्जन र नेरिसा महर्जनका साथै नवीन थेच्वमि, गंगा महर्जन, सुनिता श्रेष्ठ, सलिना महर्जन, चिरिबाबु महर्जन र हसना महर्जन अनि बाल कलाकारको रुपमा यसमा ओस्मी रञ्जितको पनि अभिनय समावेश गरिएको छ ।

युवा निर्देशक योवन शाक्यले यस अघि पनि शहिद,आजु द्यः, बाघ भैरब, ध्वः छध्वः रेखाया जस्ता शर्ट मूभिका अवार्ड विनर निर्देशक योबन शाक्यको नै पटकथा लेखनमा ‘चिपगु नीलः’ तयार भएको छ ।

यस शर्टफिल्मको सम्बाद लेखन उमेश स्थापितले गर्नुभएको छ भने श्रृंगार सुषमा परियार, संगीतकार यचु शाक्य, प्रोडक्सन म्यानेजर उजय शाही, प्रोजेक्ट म्यानेजर ओम रञ्जितकार र सजना महर्जन, छायाँकार रकि महर्जन रहनु भएको छ । ‘चिपगु नीलः’को टाइटल ट्राय्‌क निभाः डंगोलले गाउनुभएको छ ।