आइपिएल अनिश्चित कालका लागि स्थगित

भारत- पाकिस्तानबिच युद्धको सुरुवात भएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको जनाएको छ। यद्यपि, बीसीआइले नयाँ तारिखबारे केही जानकारी दिएको छैन।

अझै आइपिएलमा १२ लिग खेल बाँकी रहेका छन्। यस्तोमा प्रतियोगिताको फाइनल २५ मे’मा हुने कार्यतालिका रहेको थियो। यो जानकारी पिटीआइ ले बीसीसीआइको सुत्रको हवाला दिँदै समाचार बनाएको हो।

बीसीसीआइका एक अधिकारीले पिटीआइलाई भने,’देश युद्धको अवस्थामा रहँदा क्रिकेट चलिरहनु राम्रो कुरा होइन।’ यसअघि दिल्ली र पञ्जाबबिचको खेल बिहीबार राति रद्ध गरिएको थियो।

युद्धकाबिच पाकिस्तान सुपर लिगका खेल भने पाकिस्तानी क्रिकेट बोर्डले युएईमा सार्ने निर्णय गरिसकेको छ।