सुन आज एकै दिन ५३ सयले बढ्यो

काठमाडौं । आज (मंगलबार) पनि सुनको मूल्मा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला पाँच हजार ३ सय रुपियाँ बढदा प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार तीन सय रूपैयाँ बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ कनबेच भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो ।