काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गुह मन्त्री रवि लामिछाने र छविलाल जोशीको को मुद्धामा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ सकिएको छ ।
सर्वाेच्च अदालतमा आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु भएको र आजै आदेश आउनेछ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले धरौटीमा छोड्ने आदेश उल्टाउँदै पुर्पक्षमा पठाएपछि लामिछानेले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए ।
पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।
