इन्द्रजात्रा (येँया पुन्हि) को व्यावहारिक ज्ञान सिकाऊदै आरम्भ संस्कार विद्यालय

इन्द्रजात्रा (येँया पुन्हि) को अवसरमा गत भाद्र २० गते शुक्रबारका दिन आरम्भ संस्कार विद्यालयले बालबालिका लाई जात्राको महत्वो बुझाउने उद्देश्यले भव्य रूपमा मनाएको छ। आधारित सिकाइ अन्तर्गत बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्ने हिसाबमा उक्त काय्रक्रम विद्यालयमा सम्पन भएको थियो।

विद्यालय तहदेखि नै देशको संस्कृतिका बारेमा जानकारी गराउन आफूहरूले पनि इन्द्रजात्रा पर्व मनाएको आरम्भ संस्कार विद्यालयले जनाएको छ । विद्यालयमा इन्द्रजात्रा पर्व झल्काउने कार्यक्रम आयोजना गरिएको हो ।

काय्रक्रम विद्यार्थी, शिक्षक र अभिभावक नेवारी परम्परागत पहिरनमा सजिएर इन्द्रजात्रा मनाउने तयारीमा जुटेका थिए। शिक्षक र विद्यालयका कर्मचारी लाखे र पुलुकेसी नाचगान गरेर विद्यालयको वातावरण रमणीय भएको थियो । साथै इन्द्रचोक देखि मरु गणेश स्थान सम्मको माहोललाई प्रत्यक्ष अवलोकन गराउदै बाल बालिकाहरुलाइ व्यवहारिक ज्ञान प्रदान गर्ने वतावरन सिर्जना गरिएको थियो ।

मुख्य इन्द्रजात्रा पर्व काठमाडौंको वसन्तपुरमा मनाइन्छ । नेवार समुदायले यो पर्व मनाउँदै आएका छन् । देशका विभिन्न भागसहित विदेशका केही स्थानमा पनि इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।

यस कार्यक्रममा नेवारी र नेपाली दुवै भाषालाई प्रोत्साहन स्वरुप प्रस्तुत गर्न दिइयो । साथै, सम्पुर्ण अभिभावकहरु समक्ष यन्या पुन्ही ( इन्द्र जात्रा) को सान्स्कृतिक, धार्मिक र शैक्षिक महत्व पनि स्पष्ट पारिएको थियो ।

बालबालिका सूचनाका बलिया आधार हुन्। यस्ता कार्यत्रमले बालबालिकालाई आफ्नो धर्म, संस्कृति, रीतिरिवाज, खानपिन तथा रहनसहनका बारेमा बुझ्न र यसको संरक्षणमा लाग्न रचनात्मक भूमिका खेल्ने सकुलका प्रधानाध्यापक नरेश प्रसाद श्रेष्ठको बुझाइ छ। प्रअ श्रेष्ठ थछन् , ‘विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकको बलियो सक्रियताले विद्यालय उत्कृष्टमा पर्न सफल भएको छ, यो सकारात्मक पक्ष हो।’

साहित्य, कला, संगीत, संस्कृति, चाडपर्व बालबालिकाका लागि सिर्जना शक्ति हो। यसर्थ पनि विद्यालयले यस्ता सांस्कृतिक कार्यक्रम पनि गर्दै आएकाले विद्यार्थी, शिक्षक र अभिभावकमा आफ्नो भाषा, संस्कार र संस्कृतिप्रति प्रेम बढेको प्रअ प्रअ श्रेष्ठले जानकारी दिनु भयो ।

https://www.facebook.com/watch/?mibextid=adiEgM&v=767240392609773&rdid=37cnr4B24pmAZeNr