काठमाडाैँ । म्याद थप,कल डिटेल अनुमति लगायत सेवा दिइरहेको काठमाडौँ जिल्ला अदालतले असोज २१ गतेदेखि थप सेवाहरू दिने भएको छ ।
आइतबार बसेको बार बेन्चको बैठकले आगामी असोज २१ गतेदेखि दर्ताद्वारा विवाह,अधिकृत वारेसनामा,मृत्युको न्यायिक घोषणा,संरक्षक नियुक्ति,विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाही सेवा सञ्चालन गर्ने निर्णय गरिएको अदालतका स्रेष्तेदार तीर्थराज भट्टराईले बताए ।
हाल अदालतले म्याद थप,कल डिटेल अनुमतिसहित जरुरी पक्राउ पूर्जी स्वीकृति,पक्राउ पूर्जी अनुमति बन्दीप्रत्यक्षीकरणको निवेदन,अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान एवं थुनछेक सेवा दिइरहेको छ ।
