काठमाडौं। तिलक बर्माको अविजित ६९ रनसँगै भारतले नवौंपल्ट एसिया कप जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो।
भारतले यसअघि सन् १९८४,१९८८,१९९०-९१,१९९५,२०१०,२०१६,२०१८ र २०२३ मा उपाधि जितेको थियो। दुबईमा भएको फाइनल खेलमा भारतका तिलक नायक बने। उनी अन्तिमसम्म क्रिजमा टिक्दै टोलीलाई अभूतपूर्व जित दिलाए।
टस जितेर पहिला बलिङ रोजेको भारतले स्पिनर कुलदीप यादवको उत्कृष्ट प्रदर्शनको सहायताले पाकिस्तानलाई १९.१ ओभरमै १४६ रनमा अलआउट गर्यो।
लक्ष्य पछ्याउँदै उतरेको भारतले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १५० रन बनायो। तिलकले ५३ बलमा तीन चौका र चार छक्कासहित अविजित ६९ रन जोडे। विजयी चौका भने रिंकु सिंहले प्रहार गरे।
