नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले…

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त,शीतल निवासमा क्याबिनेट बैठक बस्ने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट…

सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, आजै शपथ

पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ। प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको हो। सैन्य स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि…

गृहको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालयको कार्य आरम्भ गरिँदै

गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य आरम्भ गरिन थालिएको छ। भवनमा आगजनी र तोडफोड भएपछि तत्काल कार्यसञ्चालनका लागि गृहको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सर्न लागेको हो। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर…

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सम्बन्ध सबैसँग आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईले शुक्रबार एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइड पुर्‍याउन…

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीहरुको अन्त्येष्टि

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि गरिएको छ । भदौँ २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा तीन जना प्रहरीको मृत्यु भएको थियो। प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा…

संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् । जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकार गठन र संसद्को विघटनको सुझाव दिएका हुन् । ‘देश अन्तरिम…

देशभर जारी भयो कर्फ्यू आदेश

 नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ । व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता…

पशुपतिमा अराजक जत्था छिरेपछि सेनाले पार्‍यो तितरबितर

काठमाडौं । केही अराजक तत्वले पशुपतिनाथ मन्दिरको मूलद्वारमा आगजनी प्रयास गरेपछि नेपाली सेनालो स्थिति नियन्त्रणमा लिएको छ । मंगलबार साँझ अराजक समूहले पशुपतिमा आगो लगाउन खोजेपछि सेनाले भीडलाई तितरबितर पारेर नियन्त्रणमा लिएको हो । यसैबीच अवस्थालाई थप सहज बनाउन आजै…

स्थिति नियन्त्रणमा लिन सेना परिचालन

काठमाडौँ । काठमाडौँमा सडकहरूमा नेपाली सेनाले चहलपहल बढाएको छ । नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको थियो । तनाव साम्य नभएर १० बजेदेखि सक्रिय हुने विज्ञप्तिमार्फत जानकारी दिएको थियो। सोही अनुसार अहिले नेपाली सेनाले उपस्थिति बढाइरहेको…