विश्वकपमा ह्याट्रिक पछि मेसीका यस्ता बने कीर्तिमान

साविक विश्व च्याम्पियन अर्जेन्टिनाले उपाधि रक्षा अभियानमा सानदार सुरुवात गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा हजारौं दर्शकमाझ कप्तान लियोनेल मेसीले एतिहासिक ह्याट्रिक सहित आफ्नो जादुमयि प्रदर्शन कायम राखे। उनको यो प्रदर्शन पछि विश्व फुटबल थप कीर्तिमानहरु थपिएका छन्।

मेसीले खेलको १७ औं मिनेटमा रोड्रिगो डे पलको पासलाइ डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाए। उनले ६० र ७६ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक गरे। यस ऐतिहासिक खेलमा ३८ वर्षीय मेसीले दुर्लभ कीर्तिमानहरु बनाए।

जहाँ उनी विश्वकप इतिहासमै सर्वाधिक गोल (रेकर्ड बराबरी) कर्ताको कीर्तिमान बराबरी गर्न सफल भए। यसअघि सम्म १३ गोल रहेका मेसीले जारी विश्वकपमा ३ थप्दै १६ गोल बनाए। जुन जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको विश्व कपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी हो।

मेसीले अल्जेरिया विरुद्ध ह्याट्रिक गरेसँगै उनी सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बने। उनले ३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गर्दै विश्वकप इतिहासमै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डो (३३ वर्ष १३० दिन) को नाममा रहेको थियो।

त्यस्तै मेसी ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बन्दै अर्को कीर्तिमान थपे आज राती हुने खेलमा रोनाल्डो मैदान उत्रिंदा उनीपनि मेसी समान ६ विश्वकप खेल्ने खेलाडीको कीर्तिमान बन्ने छ। मेसीले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६ गरी ६ पटक विश्वकप खेलेका हुन।

साथै मेसीले अर्जेन्टिनाका लागि २००औं क्याप जितेका छन्। यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा २००औं अन्तर्राष्ट्रिय खेलका रुपमा रह्यो। जुन ह्याट्रिकले उनलाई २०० खेलको यो कोसेढुंगा यादगर बनाएको छ।

मेसीले खेलको १७ औँ मिनेटमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेसँगै विश्वकपमा डिबक्स बाहिरबाट गरेको गोल संख्या ५ पुगेको छ। सन् १९६६ यता विश्वकपमा डिबक्स बाहिरबाट ५ गोल गर्ने ब्राजिलका पूर्वखेलाडी रिभेलिनोको कीर्तिमानसँग उनले बराबरी गरेका हुन्।

त्यस्तै विश्वकपमा मेसीले पहिलो ह्याट्रिक गरे। मेसीले आफ्ना धेरै कीर्तिमानहरू बीच विश्वकपमा भने अहिलेसम्म ह्याट्रिक गरेका थिएनन्। पहिलो विश्वकप ह्याट्रिक गर्दै ह्याट्रिक बिहीन विश्वकपको अनुभव समेत औपचारिक रुपमा अन्त गरे।

मेसीले आफ्नै नाममा रहेको सर्वाधिक विश्वकप खेल खेल्ने खेलाडीको कीर्तिमानलाइ थप मञ्जबुत बनाए। आफ्नो २७ औं खेल खेल्दै उनले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने आफ्नै रेकर्डलाइ बलियो बनाएका हुन्।

त्यस्तै साविक विजेताका रुपमा अर्जेन्टिना मैदान उत्रिँदा पहिलो खेल जितेको यो पहिलो पटक हो। यसअघि १९८२ र १९९० मा अर्जेन्टिनाले साविक विजेता भएर खेल्दा पहिलो खेल हारेको थियो।

साथै मेसी अर्जेन्टिनाका लागि सर्वाधिक युवा गोल स्कोरर सर्वाधिक पाका गोल गर्ने दुबै बनेका छन्।