सुरक्षाकर्मीको नियन्त्रण बाहिर काठमाडौं

२४ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ । सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रणभनदा बाहिर काठमाडौं छ । १९ जना विद्यार्थीको मारिएपछि उग्र बनेको आन्दोलनले…

सर्वोच्चसहित उपत्यकाका अदालतमा सुनुवाइ स्थगित

जेनजी पुस्ताको आन्दोलनका कारण उपत्यका अदालतहरुको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालत, उच्च अदालत पाटनले सूचना नै निकालेर मंगलबारका लागि सम्पूर्ण पेशी सूची स्थगित गरेको जानकारी दिएका छन्। १९ युवाको ज्यान गएपछि देशभर आन्दोलन चर्किएको छ। उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु…

काठमाडौँको कलङ्कीमा गोली चल्यो, चारजना घाइते

काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

२४ भदौ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताएका छन् । यसअघि…

देउवाको धनगढी निवासमा आगजनि

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ । प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ ।

भरतपुर महानगरपालिकामा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, अर्को सूचना नआएसम्म भरतपुरका तोकिएका क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा सभा…

झापामा एमाले कार्यालयमा आगजनि, इटहरी र विराटनगरमा पनि प्रदर्शन

कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक…

बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ

आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्। समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्। जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका…

प्रचण्ड निवासमा आगजनीका साथै तोडफोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनीका साथै तोडफोड गरेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। सुरूमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन्। प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिक…

गृह मन्त्रालयको आग्रह संयमता र धैर्यता अपनाउन ,सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन…