एमालेले सडकमा निकाल्याे र्‍याली

नेकपा एमालेले सडकमा र्‍याली निकालेको छ। शुक्रबार एमालेले भोलेन्टियर फोर्स घोषणाको तयारी गर्दै सडकमा र्‍याली निकालेको हाे।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बबरमहलको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्दैछन्।

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन फोर्स घोषणा गर्न लागिएको हो।