काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्यमा प्रतितोला रु दुई हजार ९०० को गिरावट आएको छ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८५ हजार ६०० कायम भएको छ। हिजो बुधबार मात्रै सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० मा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १०० ले कमि आएको छ।
महासङ्घका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ८२० मा खरिदबिक्री भइरहेको छ, जबकि हिजो यसको मूल्य रु चार हजार ९२० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको भाउ प्रतिऔँस पाँच हजार १७० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८५ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।
