भाषानिभाः प्रेम बहादुर कंसाकारको १०७ औं जन्मजयन्ति

नेपालभाषाको भाषिक क्षेत्रमा भाषानिभाः उपाधिले विभूषित लोकप्रिय साहित्यप्रेमी प्रेम बहादुर कंसाकारको १०७ औं जन्मजयन्ति भब्य रुपले मनाइएको छ ।

प्रेम बहादुर कंसाकारको प्रयासबाट स्थापित संस्था च्वसापासाको आयोजनामा आज बुधबार बछलाथ्वः दशमी (बैशाख २४ गते) वहांको जन्मतिथिको उपलक्षमा यस जन्मजयन्ति मनाइएको हो ।

च्वसापासाको डबलीमा मनाइएको उक्त जन्मजयन्ति कार्यक्रममा च्वसापासाका अध्यक्ष साहित्यकार भूषणप्रसाद श्रेष्ठले भाषानिभाः कंसाकारको बारेमा आफ्नो भनाई राख्नुभएको छ ।

कार्यक्रममा लोककवि राजभाइ जकःमिले भाषानिभाः कंसाकारलाई लिएर लेख्नुभएको कविता बाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर भाषाअनुरागी मल्ल के सुन्दर, भाइस चान्सलर पुष्पराज राजकर्णिकार, शाक्य सुरेन, माणिक उराय्, महेशमान लँजुवाः, नारद वज्राचार्य, उर्मिला डंगोल, लोकप्रिय कलाकार गणेश साय्‌मि र पवित्र कसाः लगायत सहभागी हुनुभएका छन् ।

भाषानिभाः कंसाकारको परिवारको सक्रियतामा भएको उक्त कार्यक्रममा परिवारका तर्फबाट भनाई राख्नुहुँदै प्रेम बहादुर कंसाकारका भानिज प्रमोद बनियाले भाषानिभाः कंसाकारको नाममा एक सिरपाः (पुरस्कार) घोषणाका साथै अन्य कार्यक्रम गर्दै जाने कुरा बताउनु भयो ।

कार्यक्रममा भाग लिनु भएका सबैले भाषानिभाः कंसाकारको प्रतिमामा फूल अर्पण गरी श्रद्धा ब्यक्त गरिएको उक्त कार्यक्रम साहित्यकार शरद कसाःले सञ्चालन गर्नुभएको हो ।