केनले इङ्ल्यान्डलाई पुर्‍याए अन्तिम १६ मा

काठमाडौं। इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो टोलीलाई पुनरागमन जित दिलाएका छन्।

मर्सिडिज–बेन्ज स्टेडियममा बुधबार भएको विश्वकप खेलमा इङ्ग्ल्यान्डले कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अप्रत्याशित अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा ह्यारी केनले हेडमार्फत बराबरी गोल गरे।

खेल सकिन चार मिनेट बाँकी रहँदा केनले उत्कृष्ट प्रहार गर्दै माथिल्लो कुनामा निर्णायक गोल गरेका हुन्। इङ्ग्ल्यान्ड विश्वकप इतिहासकै ठूलो अपसेटको शिकार बन्ने अवस्थामा देखिएको थियो।

तर‚ कप्तान केनको उत्कृष्ट प्रदर्शनले टोलीलाई हारबाट जोगाउँदै अन्तिम १६ को यात्रा सुनिश्चित गर्यो।

सन् १९६६ को विश्वकप विजेता इङ्ग्ल्यान्डले अब अन्तिम १६ मा सह–आयोजक मेक्सिकोसँग आइतबार मेक्सिको सिटीमा प्रतिस्पर्धा गर्नेछ।