जनकवि दुर्गालाल श्रेष्ठ आइतबार अस्पतालमा भर्ना भएका छन्।
उच्च रक्तचाप (ब्लड प्रेसर) सम्बन्धी समस्याका कारण जनकवि श्रेष्ठ काठमाडौं मोडल अस्पतालमा भर्ना भएको जानकारी परिवार स्रोतले दिएको छ।
काठमाडौं मोडल अस्पतालका निर्देशक तथा चिकित्सा निर्देशक डा. विजेन्द्र जोशी र मणिन्द्र श्रेष्ठका अनुसार जनकवि दुर्गालाल श्रेष्ठको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।
जनकवि दुर्गालाल श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि उनका शुभचिन्तकहरूले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा आ-आफ्नो शुभकामना सन्देश पोस्ट गरिरहेका छन् ।
