Blog

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । बिहानदेखि परेको अविरल वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित ताङ्वे खोला र छुसाङस्थित मुस्ताङ गेट नजिककै बाढीका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी…

हेवा खोलाको डाइभर्सन माथिबाट पानी बग्दा मेची राजमार्ग अवरुद्ध

निरन्तरको वर्षासँगै पाँचथरको हेवा खोलामा पानीको सतह बढेपछि मेची राजमार्ग अवरुद्ध छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलामा गाडी चल्न नसकेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । उहाँका अनुसार डाइभर्सन माथिबाट पानी बगेको छ ।…

एक जनाको शव फेला, एक अझै बेपत्ता

पर्वतमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मोदी गाउँपालिका–३ लाङ्दीका छविलाल विश्वकर्माको घरमाथिबाट आइतबार बिहान पहिरो खसेको हो । प्रहरीले पहिरो पन्छाउने क्रममा ७६ वर्षीय छविलालको शव फेला पारेको छ । बेपत्ता…

देशका विभिन्न स्थानमा भारी वर्षा मापन: कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर

देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ । यस्तै धनकुटामा एक सय २१,…

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  नेपाली बजारमा आज ९आइतबार०सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ…

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकलका चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा २ प ६२६१ नम्बरको मोटरसाइकल गएराति राप्ती पुलको रेलिङमा…

साफ यू-२० च्याम्पियनसिप: भुटानसँग भिड्दै नेपाल

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा पनि भुटानविरुद्ध सोही लयलाइ कायम राख्दै बंगलादेश सँग उपाधिको निर्णायक भिडन्त तय गर्ने प्रयासमा हुने छ। शनिबार…

नेपालभाषाको चलचित्र “ख्याः वल” भोलि श्रावण ३ गते रन्जना सिनेप्लेक्समा

काठमाडौं । ज्यासः फिल्म्सको ब्यानरमा निर्माण भएको नेपालभाषाको चलचित्र “ख्याः वल” रन्जना सिनेप्लेक्समा येहि शनिबार साउन ३ गते प्रदर्शन हुन भएको छ। नेपालभाषाको चलचित्र क्षेत्रमा युवा जमातको ध्यान तान्न सफल यस समूहले उक्त दिन २ वटा शाे गर्दै छ ।…

स्वयम्भूको भुइखेलको जग्गा निजी गुठी बन्नु अघिको अवस्था पत्ता लगाउन अदालतको आदेश

बौद्धधर्म क्षेत्रमा बृहत् रुपमा लिइने गरेको सम्यक महादान गरिने स्वयम्भूको भुइखेलको जग्गा नीजि गुथिबाट ब्यक्तिको नाममा लालपूर्जा बनाएकाहरुले भुइखेलमा भोगचलन गर्न पाउनु पर्दछ भनी काठमाण्डौं महानगर पालिका तथा १५ वडा कार्यालय र भुइखेल टोल सुधार समितिलाई समेत विपक्षी बनाई उच्च…

नेप्सेमा ७५ अंकको वृद्धि, १६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो। आज तीन सय ११ कम्पनीको तीन…