सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा…
आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी…
सरकारले आजदेखि साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान शुरू गरेको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । स्वास्थ्य सेवा विभागको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार…
मौद्रिक नीतिको नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ । नयाँ मौद्रिक नीतिले शेयर कर्जा र घर किन्नेलाई सहज बनाएको छ । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ…
वर्ल्ड नेवाः अर्गनाइजेशन जर्मनी च्याप्टरको अध्यक्षमा पुन: भक्तपुरका कुमार नापित सर्वसम्मत चयन भएका छन् । १३ जुलाई २०२५ आईतवार लुनिबर्गमा सम्पन्न अधिवेशनबाट उनी पुन: शाखाको अध्यक्ष पदमा दोस्रो पटक चयन भएका छन् । त्यस्तै उपाध्यक्ष्यमा भने रामकाजि गोसाँई, सचिवमा डा.…
गुंला पर्व नजिकै आइपुगेकाले न्यत तुलाधर गुंलाबाजं उपसमितिबाट ने.सं. ११४५ दिल्लागाः पञ्चमी, मंगलबार (२०८२ असार ३१ गते)का दिन ताहाःननि नासःद्य समक्ष नासः पुजा गर्ने कार्य भएको छ । न्यत तुलाधरका सदस्यहरु जम्मा भई यस प्रकारले पूजा गर्ने कार्य भएको हो…
न्युयोर्क, अमेरिका । नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता…
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद…
आज सुनको भाउ स्थिर रहेको छ । सुन आज हिजोजस्तै तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले…
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो। आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४…