Blog

प्रधानमन्त्रीले भेटे सुर्खेतबाट खाली खुट्टै आएका नवराजलाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन्  । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा…

आणविक केन्द्रमा अमेरिकी आक्रमणको बदलामा उत्रियो इरान, इजरायलमाथि शक्तिशाली हमला

काठमाडौं । अमेरिकाले इरानको आणविक केन्द्रहरूमा बम विस्फोट गरेको केही घण्टापछि, तेहरानले प्रमुख शहरहरूलाई लक्षित गर्दै इजरायलमाथि बदलाको हमला थालेको छ । इजरायली सेनाले इरानी क्षेप्यास्त्रहरूको नयाँ समूह पत्ता लगाएपछि मध्य र उत्तरी इजरायलमा साइरन बजेको छ । इजरायली सेनाले…

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन– मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति…

आइपिओ जारी गर्दै स्वस्तिक लघुवित्त

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति…

इरानमा अलपत्र परेका नेपाली र श्रीलंकाली नागरिकलाई भारतले स्वदेश फर्काउने

भारतले इरानमा अलपत्र रहेका नेपाली र श्रीलंकाली नागरिकलाई स्वेदश फर्काउने भएको छ। भारतीय अधिकारीहरूलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले ‘छिमेकी प्रथम नीति’का आधारमा नेपाली र श्रीलंकाली नागरिकलाई स्वदेश फर्काउन लागिएको उसले जनाएको छ। छिमेकीहरूसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित भारतले…

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका…

संसद्‍मा आजपनि रास्वपाको वेल घेराउ जारी, राप्रपाले गर्‍यो बहिष्कार

काठमाडौँ- प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि रास्वपाले वेल घेराउ जारी राखेको छ। आजको जारी बैठकलाई राप्रपाले भने बहिष्कार गरेको छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर…

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय…

त्रिकोणात्मक टी-२० सिरिज: नेपाललाई हराउँदै स्कटल्यान्ड च्याम्पियन

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो। सबै तीन टिमको समान ४  अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा रहेर च्याम्पियन…

नक्कली प्रहरी बनेर सर्वसाधारणसँग रकम असुल्ने पक्राउ

विराटनगर– प्रहरीको हवाला दिँदै अशक्त र सर्वसाधारणसँग रकम असुल्दै आएका एक जना व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, नक्कली प्रहरी बनेर विभिन्न गतिविधि गर्दै आएका विराटनगर–१२ का २५ वर्षीय धनकुमार थारुलाई पक्राउ गरिएको हो। कार्यालयकी प्रहरी नायब…