बिस्काः जात्राका अवसरमा मध्यपुरथिमिमा चार दिन बिदा

भक्तपुर – नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा  मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः  जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका…

विस्काः जात्रा : आज ५५ हात लामो यःसिं ठड्याईंदै

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको चौथो दिन आज बिहिबार भेलुखेलस्थित यःसिख्यमा ५५ हात लामो यःसिं ठड्याएर जात्रा मनाइदैछ । आज ठड्याइने यःसि भोली ढालिनेछ । बिस्काः जात्रा चैत २७ गते शुरू भएको हो। भैरवनाथको प्रतीक मानिने यःसिको शीर्ष भाग…

जिब्रो छेड्ने जात्राको तयारी सुरु : सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’को तयारी सुरु भएको छ । विश्व प्रशिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने…

परम्परागत गुथि, खलः, पुचलाई महानगरको आर्थिक अनुदान

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभएको छ । ‘नदी सभ्यतालाई छुट््याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक…

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा पहिलो बन्यो राज गणेश धिमे खलः

भक्तपुर – बिस्काः जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ । मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको…

भक्तपुरमा बिस्काः जात्रा आजदेखि

भक्तपुर –  भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको…

बिस्काः जात्राको अवधिभर भक्तपुरमा खुला रुपमा जाँडरक्सी बिक्री गर्न रोक

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्काः जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/ गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने…

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोट – नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको…

किपाः सामाजिक संजाल

रातो मच्छिन्द्रनाथको रथ निर्माण शुरु

ललितपुर – रातो मच्छिन्द्रनाथको रथ आजदेखि बनाउन शुरु हुँदैछ । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो । हिजो बेलुकी रातो मच्छिन्द्रनाथलाई महास्नान गरेपछि रथ बनाउनको लागि…

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं –  काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा (तिसाः मालेगु जात्रा) हिजो शुक्रबार सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो । यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।…