कसको भागमा कुन मन्त्रालय ?

प्रधानमन्त्री पुुष्पकमल दाहाल नेतृत्व गठबन्धन सरकारकारले आजै मन्त्रिपरिषद विस्तार गरेको छ । जस अनुसार गठबन्धन दलहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंगाएसँगै मन्त्रालयहरुको पनि बाँडाफाँड गरेको अनौपचारिक जानकारी बाहिर आएको छ । आठ वटा मन्त्रालय पाएका नेपाली कांग्रेसको भागमा अर्थ, पराराष्ट्र, रक्षा,…

रथयात्रामा प्रमुख शाह, उपप्रमुख डंगोलसहित महानगरका जनप्रतिनिधि सहभागी

चैत १५ गते काठमाडौँको तीनधारा पाठशालाबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, जनप्रतिनिधिहरु सहभागी हुनुभयो । रथ यात्रामा गुठीयार, स्थानीयबासी र श्रद्धालुहरुको बाक्लो उपस्थिति थियो । जात्राको गरिमा बढाउन कलाकारहरु…

ऐतिहासिक कोथुननी बचाउन माग

काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् । सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको सो घर गुथी संस्थानले व्यवसायिक प्रयोजनका लागि लिजमा दिन थालेपछि अभियन्ताहरुले विरोध जनाएको हो ।…

सेतो मच्छिन्द्रनाथको जात्रा सुरु

सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज बुधबार मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट…

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले गरेको मापन अनुसार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको छ । काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)…

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र…

रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार साँझ सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।…

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि…

पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन्। राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे। “आठ दलले…

सात प्रदेशमा आज आठ राजनीतिक दलको अन्तरक्रिया

आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि…