देउवाको धनगढी निवासमा आगजनि

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ । प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ ।

भरतपुर महानगरपालिकामा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, अर्को सूचना नआएसम्म भरतपुरका तोकिएका क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा सभा…

झापामा एमाले कार्यालयमा आगजनि, इटहरी र विराटनगरमा पनि प्रदर्शन

कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक…

बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ

आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्। समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्। जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका…

प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा सहभागी नहुने

२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा विपक्षी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । प्रचण्डले माओवादीको संसदीय दलको  कार्यालय सिंहदरबारमा बिहान ८: ३० बजे…

ललितपुरकाे यी ठाउँमा कर्फ्यू आदेश

काठमाडौं । ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको आदेशमा ललितपुर महानगरपालिकाका वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं. २ स्थित सानोप इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा…

इन्द्रजात्राका लागि सिङ्गारिँदै वसन्तपुर

९ भदौ : काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्रा नजिकिँदै गर्दा वसन्तपुर क्षेत्रमा जात्राको तयारी द्रुत गतिमा अगाडि बढाइएको छ । भाद्र शुल्क चतुर्दशका दिन विशेष रूपमा मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत अवलोकन गर्ने परम्परा रहिआएको…

मानव विकास सूचकाङ्कमा नेपाल १४५औं स्थानमा

काठमाण्डाै – मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेकाे छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा आएको हो । यस वर्ष नेपालको…

मल्लकालिन शास्त्रीय संगित महोत्सव आज हुँदै, आजका दिनलाई राष्ट्रिय संगित दिवसको रुपमा घोषणा गर्न माग

ललितपुर – ३८८ वर्ष अघि देखि निरन्तर रुपमा जेठ शुक्ल पुर्णिमाका दिन  संचालन भइरहेको शास्त्रीय संगित महोत्सव आज ललितपुरमा हुँदैछ। ३८८ वर्ष देखि अर्थात सिद्धिनरसिहं मल्लको पालादेखि आजको दिन, जेठ शुक्ल पुर्णिमाका दिन शास्त्रीय संगीत महोत्सव गर्ने चलन छ। संगीत…

सम्पदाको संरक्षण र प्रचारप्रचारका लागि सम्पदा पदयात्रा प्रतियोगिता २०८२

काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघको आयोजनामा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पदा पदयात्रा प्रतियोगिता २०८२ सम्पन भएको छ। उक्त कार्यक्रममा संस्थागत र सामुदायिक ३३ वटा विध्यालयबाट छात्र ८ र छात्रा ८ गरि जम्मा ५०८ जनाको प्रतियोगी…