मन्त्रिपरिषद् विस्तार हुँदै : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

आज दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट एनपी साउदको नाम दिए पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । बाँकी मन्त्रीको नाम भने कांग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने तयारी गरेको छ ।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।