काठमाडौं – बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत हिजो खुवाउन छुटेका आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।
