बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । राजा चार्ल्स र रानी कन्सोर्टले वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्नुहुनेछ।
वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ । यसलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुनेछन् ।
नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसक्नु भएको छ । राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहनेछ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल हुनुहुनेछ।