काठमाडौं – आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज आइतबार देखी सुरु हुँदैछ ।
पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आव्हान गर्नु भएको हो ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०औ८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ ।
