ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो २८ गते गरिने भएको छ। नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार हिजो आइतबार बसेको बैठकले आउँदो २८ गतेको लागि साइत निकालेको रथ निर्माणमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।
कुलदेवी पुजा ४ दिनसम्म गरिन्छ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पुजा गरिन्छ ।
कुलदेवीको पुजाको दिन अर्थात बैशाख २८ गते नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ । रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाइनेछ ।
भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ।
